१८ वर्षअघिको तस्बिरदेखि विश्वकप फाइनलसम्मः मेस्सी र यामालको अविश्वसनीय यात्रा

News Portal Team खेलकुद
१८ वर्षअघिको तस्बिरदेखि विश्वकप फाइनलसम्मः मेस्सी र यामालको अविश्वसनीय यात्रा

१८ वर्षअघिको तस्बिरदेखि विश्वकप फाइनलसम्मः मेस्सी र यामालको अविश्वसनीय यात्रा

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र स्पेनका युवा स्टार लामिन यामालबीचको सम्बन्ध झण्डै दुई दशक पुरानो एउटा ऐतिहासिक तस्बिरले फेरि चर्चामा ल्याएको छ ।

सन् २००८ मा खिचिएको मेस्सी र बच्चा यामालको उक्त तस्बिर अहिले २०२६ फिफा विश्वकप फाइनलअघि विश्वभर भाइरल बनेको छ । मेस्सीले पनि उक्त तस्बिरको संयोगलाई ‘अविश्वसनीय’ भन्दै प्रतिक्रिया दिएका छन् । डी–स्पोट्र्सले सार्वजनिक गरेको भिडियोमा मेस्सीले यामाल सानो बच्चा हुँदा खिचिएको तस्बिर अहिले दुवै खेलाडी विश्वकप फाइनलमा प्रतिस्पर्धा गर्ने अवस्थासम्म आइपुग्नु आश्चर्यजनक भएको बताएका छन् ।

‘साँच्चिकै यो तस्बिर अस्तित्वमा हुनु नै अविश्वसनीय कुरा हो । हामीले यो तस्बिर खिच्दा ऊ केवल एउटा बच्चा थियो र अहिले हामी दुवै विश्वकप फाइनलमा प्रतिस्पर्धा गर्दैछौं । यो सबै कुरा नै अविश्वसनीय छ,’ मेस्सीले भनेका छन् ।

करिब १८ वर्षअघि बार्सिलोनाका खेलाडी रहेका मेस्सीले क्याटलान पत्रिका डियारियो स्पोर्टले आयोजना गरेको च्यारिटी फोटोसुटमा सहभागी हुँदा यामालसँग भेट गरेका थिए । बार्सिलोनाको ऐतिहासिक क्याम्प नोउ रंगशालामा भएको उक्त फोटोसुटमा २० वर्षीय मेस्सीले शिशु अवस्थाका यामाललाई उनकी आमा शिला एबेना नजिकै राखेर तस्बिर खिचाएका थिए । त्यतिबेला मेस्सी विश्व फुटबलका उदाउँदा खेलाडी थिए भने यामाल भविष्यमा स्पेनका प्रमुख प्रतिभामध्ये एक बन्ने कुरा कसैले कल्पना गरेका थिएनन् । तर अहिले करिब दुई दशकपछि दुवै खेलाडी विश्वकपको उपाधिका लागि एकअर्काविरुद्ध मैदानमा उत्रने भएका छन् । यो ऐतिहासिक तस्बिर स्वतन्त्र फोटोग्राफर जोन मोनफोर्टले खिचेका थिए । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले समेत उक्त तस्बिर सार्वजनिक गर्दै मेस्सी र यामालको यात्रालाई विशेष रूपमा उल्लेख गरेको छ ।

युनिसेफले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘हो, तपाईंहरूले देख्नुभएको तस्बिर वास्तविक हो । १८ वर्षभन्दा पहिले एउटा बच्चा लामिन यामाल र उनकी आमा शिला मेस्सीसँग युनिसेफको कोष संकलन कार्यक्रममा भेट भएका थिए ।’

युनिसेफले मेस्सी र यामाल दुवै मैदानमा मात्र नभई सामाजिक क्षेत्रमा पनि बालबालिकाको हितका लागि काम गरिरहेको उल्लेख गरेको छ । दुवै खेलाडी युनिसेफका सद्भावना दूतसमेत हुन् ।

यसैबीच, २०२६ फिफा विश्वकपको फाइनलमा साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन भिड्दैछन् । यो खेलले अनुभवी महान् खेलाडी मेस्सी र किशोर स्टार यामालबीचको पुस्तान्तरणको प्रतीकात्मक भिडन्तसमेत बन्ने अपेक्षा गरिएको छ ।

स्पेनले सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको हो । अर्जेन्टिनाको जितमा खेलको अन्तिम समयमा निर्णायक गोल भएको थियो । मेस्सी फाइनलअघि प्रतियोगिताको गोल्डेन बुट दौडमा शीर्ष स्थानमा छन् । इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा दुई असिस्ट गरेपछि उनले फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई समेत पछि पारेका छन् । एएनआई


 


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्