काठमाडौं । जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने जनाएको छ ।
सोमबार पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार असोज १२ देखि १४ गतेसम्म देशभरका अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने पूर्वानुमान रहेको जनाएको हो ।
कोशी, नारायनणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वराप्ती, तिनाउ, बाणगँगाा, पश्चिम राप्ती र बबईको पानीको बहाव सामान्य रहेको छ । पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बाढी पूर्वानुमान बुलेटिन अनुसार नारायणी नदीमा जलसतह सतर्कता तहभन्दा माथि रहे तापनि हाल घट्दो क्रममा रहेको छ ।
महाशाखाले आज बिहान ८ बजे सम्मको बुलेटिन अनुसार देशका अन्य प्रमुख तथा सहायक नदीहरूमा भने जलसतह सतर्कता तहभन्दा तल नै सामान्य अवस्थामा रहेको उल्लेख गरेको छ ।
काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...
झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...