आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द

News Portal Team अन्य
आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द
आज जनकपुरधामका शैक्षिक संस्थाहरूमा शोक मनाइने, पठनपाठन बन्द

जनकपुर । वरिष्ठ साहित्यकार, भाषाविद् तथा शिक्षाविद् प्राध्यापक डा. राजेन्द्र प्रसाद विमलको निधनप्रति शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक दिन नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै २०८३ साउन २७ गते बुधबार नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शोक मनाउँदै पठनपाठन बन्द गर्न अनुरोध गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहद्वारा जारी सूचनामा डा. विमलले शिक्षा, संस्कृति, पूर्वीय दर्शन तथा मैथिली र नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख गरिएको छ । डा. विमलको निधनले समग्र जनकपुरधामवासी मर्माहत भएको तथा उनको महाप्रस्थानले जनकपुरधामको साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको सूचनामा उल्लेख छ ।

उनलाई साहित्य क्षेत्रको अभिभावकका रूपमा स्मरण गर्दै जनकपुरधाम उपमहानगरपालिकाले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

डा. विमलको मंगलबार बिहान ७९ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनले मैथिली तथा नेपाली साहित्यको क्षेत्रमा गहिरो शोक छाएको छ ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्