बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन निःशुल्क भ्वाइस र डेटा सेवा

News Portal Team अन्य
बाढी प्रभावित क्षेत्रमा एनसेलको तीन दिन निःशुल्क भ्वाइस र डेटा सेवा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

कम्पनीका अनुसार प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिनको समयावधि रहेको १०० वटा एसएमएससमेत निःशुल्क उपलब्ध गराइनेछ । बाढीका कारण परिवार, आफन्त तथा उद्धार टोलीसँग सम्पर्क गर्न कठिनाइ भइरहेको अवस्थामा निःशुल्क सञ्चार सेवाले प्रभावितलाई सहज रूपमा सम्पर्कमा रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

आपत्कालीन अवस्थामा सञ्चार सेवा निरन्तर हुनु महत्वपूर्ण भएकाले प्रभावित क्षेत्रमा सेवा सहज बनाउन यस्तो व्यवस्था गरिएको एनसेलले जनाएको छ । यसबाट बाढी प्रभावित सर्वसाधारणले परिवार तथा उद्धारमा खटिएका टोलीसँग आवश्यक सूचना आदानप्रदान गर्न सक्ने कम्पनीको भनाइ छ ।

एनसेलले विपद्का समयमा यसअघि पनि सञ्चार सेवा तथा अन्य सहयोगमार्फत खोज, उद्धार र राहतका कार्यमा सहयोग गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार पछिल्लो पहल पनि बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सञ्चार सेवा सुनिश्चित गर्ने उद्देश्यले गरिएको हो ।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्