बाढी प्रभावित रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख पठाउँदै सरकार

News Portal Team अन्य
बाढी प्रभावित रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख पठाउँदै सरकार

बाढी प्रभावित रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख पठाउँदै सरकार 

काठमाडौं । बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनका लागि सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ जिल्लालाई ५० लाख रुपैयाँ पठाउने भएको छ ।

बुधबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उक्त रकम तत्काल पठाउन लागिएको जानकारी दिए ।

डा. उप्रेतीका अनुसार विपद्को अवस्थाप्रति सरकार अत्यन्त संवेदनशील रहेको र मन्त्रिपरिषद् (क्याबिनेट) बैठकबाट थप आवश्यक निर्णयहरू लिइएको बताए । हाल सबै सरकारी संयन्त्रहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा पूर्ण रूपमा परिचालन भइरहेका छन् । 

बाढीको वस्तुस्थितिबारे जानकारी दिँदै डा. उप्रेतीले बाढीको सुरुवातमै जल तथा मौसम विज्ञान विभागको एक मापन स्टेसन बगाएको बताए । 

‘स्टेसन बगाएपछि अर्को स्टेसनसम्म बाढी आइपुग्न करिब डेढ घण्टा लागेको थियो। अर्को स्टेसनमा पानीको बहावले खतराको तह (डेन्जर लेभल) पार गरेको छ,’ उनले भने, ‘अहिले उक्त बाढी मुग्लिङ र सोभन्दा तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ ।’ यद्यपि, माथिल्लो जलाधार क्षेत्रमा भने बाढीको सतह बिस्तारै घट्दो क्रममा रहेको उनले जानकारी दिए ।

बाढीपहिरोका कारण केही हताहती भएको अनौपचारिक सूचना आए पनि स्थलगत रूपमा आधिकारिक पुष्टि नहुन्जेलसम्म यकिन विवरण भन्न नसकिने डा. उप्रेतीले स्पष्ट पारे । 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्