बाढीपहिरो पीडितको उद्धार र पुनस्र्थापनामा सरकारको पहिलो ध्यान हुनुपर्छ : सांसद अर्याल

News Portal Team राजनीति
बाढीपहिरो पीडितको उद्धार र पुनस्र्थापनामा सरकारको पहिलो ध्यान हुनुपर्छ : सांसद अर्याल
बाढीपहिरो पीडितको उद्धार र पुनस्र्थापनामा सरकारको पहिलो ध्यान हुनुपर्छ : सांसद अर्याल

काठमाडौं । नेकपा एमाले सांसद पदम कुमारी अर्यालले अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले विपद्मा परेका नागरिकको तत्काल उद्धार, घाइतेको उपचार र विस्थापितको पुनस्र्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

अर्यालले रोल्पामा दुई दिनमै १८ जनाको ज्यान जानेगरी भएको घटना अत्यन्तै दुःखद र कहालीलाग्दो भएको बताइन् ।

उनले बाढीपहिरोका कारण बाजुरा, कास्कीको सीमालगायत देशका विभिन्न जिल्लामा ठूलो क्षति पुगेको बताइन् ।

अर्यालले विपद्मा परेका तथा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, घाइतेको उपचार र विस्थापित परिवारको पुनस्र्थापनाका लागि सरकारले पहिलो प्राथमिकतामा काम गर्नुपर्ने माग गरिन् ।

उनले विपद्मा परेका नागरिकलाई सामान्य राहत उपलब्ध गराउँदैमा मात्र राज्यको अनुभूति नहुने बताउँदै संकटका बेला सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।


 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्