‘बाल भानु’हरूका कवितामा नयाँ चेतना : भ्याली भ्यूको प्रतियोगितामा उन्नती पुडासैनी प्रथम

News Portal Team अन्य
‘बाल भानु’हरूका कवितामा नयाँ चेतना : भ्याली भ्यूको प्रतियोगितामा उन्नती पुडासैनी प्रथम

‘बाल भानु’हरूका कवितामा नयाँ चेतना : भ्याली भ्यूको प्रतियोगितामा उन्नती पुडासैनी प्रथम

काठमाडौं। आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीकाअवसरमा काठमाडौंको मध्य-बानेश्वरस्थित भ्याली भ्यु स्कुलले वरिष्ठ बालसाहित्यकार रामबाबु सुवेदीको प्रमुख आतिथ्यमा १९औँ उपत्यकाव्यापी अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न गरेको छ।

नेपाली भाषा, साहित्य र सिर्जनशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा उपत्यकाका २६ विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीकी उन्नती पुडासैनी ‘उद्यानका फूल अनन्त बाँचून् शीर्षकको कवितासहित प्रथम भइन्।

त्यसैगरी पाठशाला नेपाल फाउन्डेसन, बागडोलकी श्रीनिशा बोगटी ‘एउटी चरी हुँ म’ कवितामा द्वितीय, नेक्सस इन्टरनेसनल एकेडेमीकी अञ्जल कार्की ‘परदेशी आमालाई चिठ्ठी’ कवितामा तृतीय तथा अक्सिडेन्टल पब्लिक स्कुलकी युनिसा निरौला ‘मौसमी परिवर्तन’ कविता वाचन गरेर चतुर्थ भइन्।

कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष डीपी अर्याल, उपाध्यक्ष डा. रमेश शुभेच्छु, कवि हरिहर तिमल्सिना एवम् कवि प्रभा भट्टराईले विद्यार्थीहरूको सिर्जनशीलता र कविताको स्तरको खुलेर प्रशंसा गर्दै नयाँ पुस्तामा नेपाली भाषा–साहित्यप्रतिको रुचि जगाउन भ्याली भ्यु स्कुलले खेलेको भूमिका अनुकरणीय रहेको बताए।

विद्यालयका प्राचार्य तथा कार्यक्रमका सभापति सुभाषचन्द्र भण्डारीले भ्याली भ्यु स्कुलले विगत १९ वर्षदेखि भानुजयन्तीलाई साताव्यापी रूपमा मनाउँदै अन्तरविद्यालय कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै नेपाली भाषा, साहित्य र संस्कृतिप्रति अपनत्व बढाउन महत्त्वपूर्ण योगदान पु¥याएको उनको भनाइ थियो।

कार्यक्रममा प्रमुख अतिथि रामबाबु सुवेदीलाई नगद, दोसल्लाका साथ स्रष्टा सम्मान अर्पण गरिएको थियो। साथै, सहभागी सबै विद्यार्थी एवम् विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन योगेन्द्र पौडेल, सवित्रा नेपाल र सन्तोष चपागाईंले गरेका थिए।


 


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्