भानुभक्तको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउनुपर्छ : सभामुख अर्याल

News Portal Team राजनीति
भानुभक्तको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउनुपर्छ : सभामुख अर्याल

भानुभक्तको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउनुपर्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण गर्ने नभई उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित २१३औँ भानु जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले भानुभक्तको योगदान नेपाली समाज, भाषा र संस्कृतिका लागि ऐतिहासिक रहेको उल्लेख गरे ।

उनले आजको दिन भानुभक्तलाई सम्झने मात्र नभई उनको योगदानलाई व्यवहारमा उतार्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने संकल्प लिनुपर्ने बताए । 

आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच पनि आफ्नो भाषा, संस्कृति र साहित्यको संरक्षण गर्नु सबैको सामूहिक जिम्मेवारी भएको उनको भनाइ थियो ।

उनले भने,‘भानुभक्तले देखाएको मार्ग सरलता, स्पष्टता र जनतासँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । हामीले युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ । सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समयअनुकूल रूपान्तरण गरेर अघि बढ्नुपर्छ ।’

सभामुख अर्यालले भानुभक्त आचार्यको लेखनले नेपाली भाषालाई घर–घरमा पु¥याउनुका साथै जनजनमा चेतना फैलाउने महत्वपूर्ण काम गरेको बताए । नेपाली भाषाले नेपालको सांस्कृतिक एकतालाई मजबुत बनाएको उल्लेख गर्दै उनले नेपालभित्र मात्रै नभई विदेशमा रहेका नेपालीलाई समेत एउटै भावनात्मक सूत्रमा जोड्ने काम नेपाली भाषाले गरिरहेको बताए ।

उनले भाषा केवल सञ्चारको माध्यम मात्र नभई मुलुकको पहिचान, संस्कृति र इतिहाससँग जोडिएको महत्वपूर्ण आधार भएको बताए । त्यसैले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि राज्य, साहित्यकार, शिक्षण संस्था र नयाँ पुस्ताको संयुक्त प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्