भारी वर्षाले कर्णालीका छ जिल्लाका सडकहरू अवरुद्ध

News Portal Team सामाजिक
भारी वर्षाले कर्णालीका छ जिल्लाका सडकहरू अवरुद्ध

भारी वर्षाले कर्णालीका छ जिल्लाका सडकहरू अवरुद्ध

हेमन्त केसी, नेपाल न्यूज बैंक

सुर्खेत । लगातारको भारी वर्षाका कारण कर्णाली प्रदेशका चार जिल्लाका विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो खस्दा कालिकोट, सल्यान, हुम्ला , जाजरकोट ,जुम्ला र मुगुका सडक खण्डमा यातायात सेवा प्रभावित भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला मा पर्ने कर्णाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । यस्तै सल्यानको कपुरकोट गाउँपालिका–१ स्थित खारखोला , ३ र ४ मा रहेको अरिङ गाले , पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध भएको छ । जुम्लाको तातोपानी गाउँपालिका १ राका कर्णाली करिडोरको जुम्ला नाग्मा सडक खण्ड अवरुद्ध भएको छ । 

हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पहिरो तथा सडकमा लेदो खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ र ८ पिना देखि ताल्चामा पनि पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड अवरुद्ध भएको छ । यो पनि कर्णाली करिडोर नै हो । 

लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा सडकमा पहिरो खस्ने, लेदो बग्ने तथा सडक कटान हुने क्रम बढेकाले यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।

कर्णाली प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाका कारण अवरुद्ध सडकको अवस्था बुझ्ने तथा यातायात सञ्चालनका लागि आवश्यक पहल भइरहेको छ ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्