भिषण बाढी आउनुअघि तिब्बतमा भूकम्प गएको थियो

News Portal Team अन्य
भिषण बाढी आउनुअघि तिब्बतमा भूकम्प गएको थियो

काठमाडौं । तिब्बत क्षेत्रमा आज बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही समयपछि हिमपहिरो गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको थियो । तर भूकम्पविद् लोकविजय अधिकारीले भने ४.५ म्याग्निच्युडको उक्त भूकम्प पछि रसुवामा भिषण बाढी आएको बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा अधिकारीले बिहान ८ बजेर २० मिनेटमा तिब्बत क्षेत्रमा २.६ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । उक्त भूकम्प बाढी आउनुअघि गएको भए पनि यसको म्याग्निच्युड निकै कम भएकाले बाढी जानमा प्रभाव पारेको हुनसक्ने सम्भावना न्यून रहेको उनले बताए ।

उनका अनुसार बिहान ८ बजेर ३७ मिनेटमा तिब्बतमा ४.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । उक्त भूकम्प भने हिमपहिरोपछि गएको देखिएको उनले स्पष्ट पारे । यसअघि ४.५ म्याग्निच्युडको भूकम्पपछि हिमपहिरो गएको हुनसक्ने अनुमान गरिएको थियो । 

३ म्याग्निच्युडभन्दा कमको भूकम्प सामान्यतया मानिसले समेत महसुस नगर्ने भएकाले २.६ म्याग्निच्युडको भूकम्पले हिमपहिरो निम्त्याउने सम्भावना कम हुने उनले बताए । ‘त्यो त नहुनुपर्ने हो त्यति सानोले । त्यति सानोको खासै फिल हुँदैन। त्यो ३ भन्दा तलकै भनेपछि फिल नै नहुने भूकम्प हो,’ अधिकारीले भने ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्