भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

News Portal Team राजनीति
भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री
भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मध्यपुर ठिमी–८ मा ४२१ जना सुकुम्बासीलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको उल्लेख गर्दै सरकारको भूमिहीनसम्बन्धी कामलाई सकारात्मक रूपमा लिनुपर्ने बताए।

उनले भने, ‘एउटा हातमा लालपुर्जा थियो, अर्को हातमा नागरिकको मृत्युको खबर। यो विरोधाभासले हामीलाई गम्भीर प्रश्न सोध्छ ,सरकार भूमिहीनका लागि काम गर्दैछ भने ती कामको आशा प्रत्येक भूमिहीनसम्म किन पुग्न सकेन ?’

खत्रीले थापाथलीको सुकुम्बासी बस्ती भत्काएपछि बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका ५७ वर्षीय हिरालाल पासवान मृत भेटिएको घटनालाई दुःखद भएको बताए।

उनले झापा, बर्दिया, चितवन र भक्तपुरलगायतका क्षेत्रमा दशकौँदेखि अल्झिएको भूमिहीनको समस्या समाधानतर्फ सरकारले काम गरिरहेको उल्लेख गरे।

‘आलोचना गरौं, कमजोरी देखाऔं, सरकारलाई खबरदारी गरौं, तर केही पनि भएको छैन भन्ने झुटो भाष्य निर्माण गरेर निराशाको आगो नझोसौं,’ उनले भने, ‘हामीलाई निराशा होइन, भरोसा चाहिएको छ ।’

खत्रीले भूमिहीनलाई अधिकारको बाटो देखाउँदै आशा जगाउने राजनीति आवश्यक रहेको बताए । ‘हामी भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन। प्रश्न गरौं, तर आशा पनि जगाऔं,’ उनले भने।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्