चिलिमे टनेलमा फसेकाहरुको उद्धार गर्न थप सहज, धमाधम लेदो हटाइँदै

News Portal Team अन्य
चिलिमे टनेलमा फसेकाहरुको उद्धार गर्न थप सहज, धमाधम लेदो हटाइँदै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार गर्न सहज बन्दै गएको छ । 

एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम सकेसँगै टनेलभित्र फसेकाहरूको खोजीका उद्धार गर्न सहज भएको हो । 

टनेलभित्र फसेकाहरूको खोजीका लागि शनिबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ । इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलभित्र प्रवेश गरेर उद्धारलाई निरन्तरता दिएको छ । 

बाढीले थुपारेको बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट हटाउँदै उद्धार टोलीले टनेलतर्फ जाने बाटो खुलाएसँग उद्धारमा सहज बनेको छ । 

टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न टोलीले लगातार भग्नावशेष पन्छाइरहेको छ । 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्