देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ

News Portal Team अन्य
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ

काठमाडौँ । यस वर्ष हालसम्म देशभर धान रोपाइँको अवस्था निकै उत्साहजनक देखिएको छ । कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रोपाइँको दरमा झण्डै २ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यसै समयसम्म ९६.०८ प्रतिशत मात्र रोपाइँ भएको थियो । विभागको तथ्याङ्क अनुसार देशभर हालसम्म १३ लाख ४१ हजार ७ सय ६४ हेक्टरमा धान रोपाइँ सकिएको छ ।

प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेशले रोपाइँमा सबैभन्दा अग्रस्थान हासिल गरेको छ । सुदूरपश्चिममा १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमै रोपाइँ सम्पन्न भई शतप्रतिशत रोपाइँ सकिएको हो ।

त्यसैगरी, कर्णाली प्रदेशमा ९८.५० प्रतिशत, मधेश प्रदेशमा ९८.१० प्रतिशत र लुम्बिनी प्रदेशमा ९७.८७ प्रतिशत रोपाइँ सकिएको छ । मधेश प्रदेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ; गत वर्ष यसै अवधिमा त्यहाँ ८६.३५ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

अन्य प्रदेशहरूको अवस्था हेर्दा बागमती प्रदेशमा ९७.८२ प्रतिशत, कोशी प्रदेशमा ९७.०० प्रतिशत र गण्डकी प्रदेशमा ९६.६८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । समग्रमा, समयमै मनसुन सक्रिय हुनु र कृषि प्रसारमा देखिएको सक्रियताका कारण यस वर्ष रोपाइँको क्षेत्रफल र प्रतिशत दुवैमा वृद्धि भएको विभागले जवनाएको छ ।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्