देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

News Portal Team अन्य
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध 

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (सोमबार) साँझ ६ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

जसमा मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका वडा नं. ९ राजदुवाली (झापा देखि ताप्लेजुङ सडक) मा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ । उक्त स्थानमा अर्को वैकल्पिक बाटोको व्यवस्था गरिएको छ ।

वि.पि. राजमार्गमा सम्भावित बाढीका कारण राती १८ः०० बजेदेखि बिहान ०४ः०० बजेसम्म अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ०४ः०० बजेदेखि साँझ १८ः०० बजेसम्म परिस्थिति विचार गरी सवारी साधन चलाउन दिइनेछ ।

कान्तिलोकपथ अन्तर्गत हेटौंडा–ठिंगन–बागमती–ललितपुर खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा १७ः०० बजेदेखि अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्डको उत्तरगया गा.पा. वडा नं. ५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ । यो अवरोध लामो समयसम्म रहने जनाइएको छ । 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्