देउवाको महाधिवेशनमा उपस्थितिको अपेक्षा गरेका छौँ : मीनबहादुर विश्वकर्मा

News Portal Team राजनीति
देउवाको महाधिवेशनमा उपस्थितिको अपेक्षा गरेका छौँ : मीनबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीका सर्वोच्च नेता शेरबहादुर देउवाको १५औँ महाधिवेशनमा उपस्थितिको अपेक्षा गरिएको बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी नेता विश्वकर्माले कांग्रेसभन्दा बाहिर रहेका नेताहरूलाई पनि पार्टीको मूलधारमा समेट्ने प्रयास भइरहेको बताए । त्यसका लागि महाधिवेशनको कार्यतालिका समेत लचिलो ढंगले संशोधन तथा पछाडि सार्ने काम भइरहेको उनले बताए । 

उनले लामो राजनीतिक अनुभव र नेपाली लोकतन्त्रमा योगदान गरेका नेता देउवा महाधिवेशनमा उपस्थित भएर सम्बोधन गर्ने र पार्टीको ऐतिहासिक धरोहरको निरन्तरता कायम गर्ने विश्वास व्यक्त गरे ।

देउवाको उपस्थिति निश्चित भइसकेको हो भन्ने प्रश्नमा विश्वकर्माले निश्चित भएको भए आफूले नै ‘आउँदै हुनुहुन्छ’ भनेर भनिसक्ने भन्दै अहिले अपेक्षा र विश्वास मात्रै रहेको बताए । 

उनले देउवाको उपस्थितिले उनको राजनीतिक व्यक्तित्व र गरिमालाई सुखद बहिर्गमनका रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए । देउवा नेपाली जनतामाझ लोकप्रिय तथा कांग्रेसको साझा नेता भएकाले महाधिवेशनमा उनको उपस्थितिको अपेक्षा गरिएको उनले उल्लेख गरे । 

नेता विश्वकर्माले नेपाली कांग्रेस कुनै स्थानीय, जातीय वा धार्मिक पार्टी नभई राष्ट्रिय पार्टी भएकाले नेपाली समाजको विविधतालाई सम्बोधन गर्न सक्ने साझा नेतृत्व आवश्यक रहेको बताए । नेपाली राजनीतिमा देखिएको वैचारिक विचलनलाई सम्बोधन गर्दै विचारको नेतृत्व गर्न र सबै राजनीतिक शक्तिलाई समन्वय गर्न सक्ने नेतृत्व कांग्रेसमा आवश्यक रहेको उनले बताए ।

उनले कांग्रेसको वर्तमान कार्यसमितिमा सक्षम नेताहरू रहेको उल्लेख गर्दै उनीहरूमध्येबाट नयाँ नेतृत्व आउने बताए । पछिल्लो परिस्थितिमा कांग्रेसका वर्तमान सभापति गगनकुमार थापा सर्वसम्मत सभापति बन्ने सम्भावना आफूले पनि देखेको विश्वकर्माले बताए ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्