धेरै लामो समयसम्म फुटबल खेलिरहन्छु कि रहन्नँ भन्नेमा शंका छ : मेसी

News Portal Team खेलकुद
धेरै लामो समयसम्म फुटबल खेलिरहन्छु कि रहन्नँ भन्नेमा शंका छ : मेसी

धेरै लामो समयसम्म फुटबल खेलिरहन्छु कि रहन्नँ भन्नेमा शंका छ : मेसी

काठमाडौं । बुबाको निधनपछि अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्नो फुटबल करिअरलाई लिएर पहिलोपटक सामाजिक सञ्जाल मार्फत अब धेरै लामो समय फुटबल खेल्ने वा नखेल्ने विषयमा शंका रहेको बताएका छन् ।

बुबाको निधनले आफूलाई गहिरो रूपमा प्रभावित पारेको भन्दै मेसीले अब धेरै लामो समयसम्म फुटबल खेलिरहनेमा आफू नै निश्चित नरहेको बताएका हुन् । बुबा जर्ज मेसीको निधनपछि फेसबुकमा भावुक सन्देश लेख्दै मेसीले आफूले जीवनभर फुटबल खेल्दै आएको तर अहिले भविष्यलाई लिएर धेरै शंका उत्पन्न भएको बताएका हुन् ।

‘मैले अहिलेसम्म फुटबल मात्र खेलेँ र अब धेरै लामो समयसम्म खेलिरहन्छु कि रहन्नँ भन्नेमा धेरै शंका छन्,’ मेसीले लेखेका छन् ।

मेसीका लागि उनका बुबा जर्ज केवल अभिभावक मात्र थिएनन् । उनी बाल्यकालदेखि नै मेसीको फुटबल यात्राका महत्वपूर्ण साथी, मार्गदर्शक र प्रतिनिधि थिए । प्रशिक्षणदेखि प्रतियोगितासम्म बुबाले दिएको साथलाई मेसीले आफ्नो जीवनको महत्वपूर्ण हिस्सा भएको बताएका छन् ।

बुबाको निधनपछि आफूले अब कसरी अघि बढ्ने भन्ने नै थाहा नभएको मेसीले बताएका छन् । उनले बुबासँग दैनिकजसो कुराकानी हुने र आफ्नो व्यावसायिक व्यस्तताबीच सम्भव भएसम्म भेटघाट हुने गरेको स्मरण गरेका छन् ।

मेसीले आफ्ना बुबाले आफूलाई विश्वकप खेल्न सधैं प्रेरित गर्ने गरेको समेत बताएका छन् । विश्वकप सुरु हुनुभन्दा केही दिनअघि बुबाको स्वास्थ्य अवस्था बिग्रिएपछि आफूले उनलाई फाइनलसम्म पुगेर खेल प्रत्यक्ष देखाउने आश्वासन दिएको उनले स्मरण गरेका छन् ।

बुबाले आफूलाई खेलिरहेको हेर्न निकै मन पराउने गरेको बताउँदै मेसीले बाल्यकालमा कामबाट घर फर्किएपछि प्रशिक्षणमा लैजाने गरेको र आफ्नो खेल नछुटाउने गरेको उल्लेख गरेका छन् ।

मेसीले बुबालाई आफ्नो ‘बुबा, साथी र प्रतिनिधि’का रूपमा सम्झिएका छन् । बुबाले दिएको शिक्षा र संस्कार आफ्ना छोराछोरीलाई पनि दिने उनले बताएका छन् । बुबाको निधनपछि फुटबल करिअरलाई लिएर मेसीले व्यक्त गरेको यो अन्योलले उनको आगामी खेल यात्राबारे नयाँ बहस सुरु भएको छ । यद्यपि उनले तत्काल फुटबलबाट सन्यास लिने घोषणा भने गरेका छैनन् ।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्