धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास

News Portal Team अन्य
धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास
धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास

धनुषा । धनुषामा एक जना मटिरब्याजी पीडित महिलाले आत्मदाह गर्ने प्रयास गरेकी छन् ।

बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि फूल कुमारी रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकी छन् । उनले पेट्रोल छर्केको देखेर सुरक्षाकर्मीले रोकेका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ घर भएकी ५० वर्षीय फूलकुमारीले २०८१ सालमा आफ्नो ८ धुर जग्गा बन्धकी राखेर साहू गोपल साहसंग ६ लाख रुपैयाँ लिएको बताइएको छ ।

उनले लिएको रकम फिर्ता गरेर आफ्नो जग्गा फिर्ता माग्न जादाँ पटक पटक समय दिएर साहू गोपाल साहले फिर्ता नदिएको बताइएको छ । फूल कुमारीको सो जग्गा साहू गोपाल साहले बैंकमा राखेर ऋण निकालेको थाहा पाएपछि पीडित फूलकुमारीले उजुरी दिएकी थिइन ।

गत साउन २ गत्ते जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको थियो । तीनै जनाविरुद्ध दर्जन बढी मिटरब्याज र ठगीको उजूरी परेको छ ।

उनीहरुबाट पीडित भएको भन्दै सयौं मिटरब्याज पीडितहरु सो दिनदेखि नै जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि धर्ना दिँदै आएका छन् । उनीहरुले पक्राउ परेका तीनै जना कुख्यात मिटरब्याजी रहेको आरोप लगाउँदै उच्च स्तरीय सीआईबीद्वारा अनुसन्धान गर्न माग गरेका छन् ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्