दुई बैंकको शेयरमूल्य समायोजन, नबिलको ५३९ र गरिमाको ४१४ रुपैयाँ

News Portal Team अन्य
दुई बैंकको शेयरमूल्य समायोजन, नबिलको ५३९ र गरिमाको ४१४ रुपैयाँ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई बैंकको शेयरमूल्य समायोजन भएको छ । नबिल बैंक र गरिमा विकास बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले बोनस शेयरअनुसार शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले नबिल बैंकको ५ प्रतिशत र गरिमा विकास बैंकको १० प्रतिशत बोनस शेयरका आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि नबिल बैंकको शेयरमूल्य प्रतिकित्ता ५३९ रुपैयाँ ५ पैसा कायम भएको छ । त्यस्तै, गरिमा विकास बैंकको समायोजित शेयरमूल्य ४१४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्यलाई आधार बनाएर दुवै बैंकको शेयरमूल्य समायोजन गरेको हो । मंगलबार दोस्रो बजारमा नबिल बैंकको शेयर ५६६ रुपैयाँ र गरिमा विकास बैंकको शेयर ४५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजित मूल्यलाई आधार मानेर बुधबारदेखि दोस्रो बजारमा दुवै बैंकको शेयर कारोबार खुल्नेछ ।


 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्