काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार विहान गरिने भएको छ । श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा घरमै निधन भएको थियो ।
परिवारका केही सदस्यहरु नेपाल बाहिर रहेकाले उनीहरु आइपुगेपछि मंगलबार विहान ९ बजे शव यात्रासहित शोभा भगवती घाटमा अन्तिम संस्कार गरिने उनी निकट पत्रकार केके मानन्धरले जानकारी दिए ।
नेपाल भाषा परिषद्बाट दुई दशक अगाडि जनकविको उपाधिबाट सम्मानित श्रेष्ठ पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका थिए ।
श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता, गीतसहित अन्य विधामा पनि कलम चलाएका छन् । नेपाल भाषामा उनका एक दर्जनभन्दा धेरै कृति प्रकाशित छन् । उनलाई २०१० मा जगदम्बा श्री पुरस्कार प्रदान गरिएको थियो ।
दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...
काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...