एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

News Portal Team अन्य
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो ।

बैंकका अनुसार यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरिएको थियो । तर तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि अब जोसुकै व्यक्ति तथा कम्पनीले उक्त सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।

सेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन बुझाउनुपर्ने बैंकले जनाएको छ ।

बैंकले संस्थापक समूहको उक्त सेयर बिक्रीका लागि निर्धारित प्रक्रिया पूरा गर्दै अब खुला रूपमा आवेदन आह्वान गरेको हो ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्