गृह मन्त्री र मृतकका परिवारबीच सहमति

News Portal Team राजनीति
गृह मन्त्री र मृतकका परिवारबीच सहमति

गणेश प्रसाद साह,  नेपाल न्यूज बैंक 

सिरहा । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति गरेको छ ।

विहीबार मध्यराति मृतका घर औरही गाउँपालिका वडा नं. २ तुलसीयाही पुग्नु भएका गृह मन्त्री गुरुङ र पीडित परिवारबीच घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्नेलगायत मागमा सहमति भएको गृह मन्त्री गुरुङले  उल्लेख गरे । 

vlcsnap-2026-07-30-15h52m52s52.png

सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला साउन १४ गते प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको हो ।

vlcsnap-2026-08-01-08h41m18s100.png

यसैबीच जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिका र गोलबजार नगरपालिका आसपासका क्षेत्रमा लगाउँदै आएको कफ्र्यू आदेश मध्ये लहानको जनजीवन सामान्य बन्दै गएपछि लहान नगरपालिका क्षेत्रभित्रमा लगाइएको कफ्र्यू हटाएको छ । 

vlcsnap-2026-08-01-08h42m25s32.png

लहान नगर क्षेत्रभित्र लगाइएको कफ्र्यु हटाएपछि आसपासका क्षेत्रहरुमा मानिसहरुको चहल पहल बढेको छ भने चारपांग्रे र दुई पांग्रे यातायातका साधनहरु पनि चल्न थालेको छ । तर गोलबजार क्षेत्रभित्र सुरक्षास्थिति सामान्य नभइसकेकोले उक्त स्थानमा कफ्र्यू आदेश यथावत रहेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । थप हिंसा बढ्न नदिन गोलबजार क्षेभित्र सुरक्षाकर्मीहरुको वाक्लो उपस्थिति रहेको छ । मानिसहरुको चहल पहल हुन भने सकेको छैन । बजार पसल बन्द छ । 

5.jpeg


 


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्