गरिमा चौधरीको न्यायका लागि इन्डिपेन्डेन्ट मदर्स अफ नेपालको प्रदर्शन

News Portal Team अन्य
गरिमा चौधरीको न्यायका लागि इन्डिपेन्डेन्ट मदर्स अफ नेपालको प्रदर्शन

गरिमा चौधरीको न्यायका लागि इन्डिपेन्डेन्ट मदर्स अफ नेपालको प्रदर्शन

काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्याको विरोधमा इन्डिपेन्डेन्ट मदर्स अफ नेपालले शनिबार काठमाडौंको शान्तिवाटिका, रत्नपार्कमा प्रदर्शन गरेको छ ।

बालिकामाथि भएको जघन्य अपराधको विरोध गर्दै प्रदर्शनकारीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा ‘बलात्कारीलाई फाँसी दे’, ‘कानुन मन्त्री चाहिन्छ’, ‘हाम्रो छोरी, हाम्रो शान’लगायतका नारा लगाइएको थियो ।

प्रदर्शनमा सहभागी अञ्जु सुवेदीले बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउन आफू प्रदर्शनमा सहभागी भएको बताइन् ।

उनले भनिन्, ‘हामीले आफ्नै छोरी–नातिनीमाथि यस्तो घटना भएको भए के गथ्र्यौं भन्ने सोचेर म यहाँ आएकी हुँ । हामीले आवाज उठाउनुपर्छ । अबको सरकारले बलात्कारजस्तो अपराध गर्ने सोच नै नआउने गरी कडा नीति बनाउनुपर्छ । गरिमा चौधरीले न्याय पाउनुपर्छ । आगामी दिनमा छोरीचेली सुरक्षित होऊन् भन्ने चाहना हो ।’

त्यस्तै, प्रदर्शनमा सहभागी अमृता गिरीले यस्ता घटना दोहोरिन नदिन आफूहरू शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताइन् ।

उनले भनिन्, ‘यस्ता घटना नहोस् भनेर यहाँबाट शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका छौं । अहिलेको सरकारले महिला तथा छोरीचेलीले स्वतन्त्र र सुरक्षित रूपमा बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्छ ।’


 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्