हाइड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण

News Portal Team अन्य
हाइड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण

हाइड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण 

काठमाडौं । नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।

दुबईमा व्यवसाय गरिरहेका पुडासैनी नेपाल आएर ५१ लाख ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् ।

आफ्ना बुबा गोपीप्रसाद पुडासैनीको उपस्थितिमा नेपाल आएर उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

देश विपत्तिमा परेका बेला विदेशमा चुप लागेर बस्न नसकेको बताउँदै पुडासैनीले आफ्नो तर्फबाट मातृभूमिका लागि सहयोग गर्न पाउनु आफ्नो सौभाग्य भएको बताए ।

‘विदेशमा बसे पनि मेरो मन नेपालमै छ । देश रोइरहेको बेला म त्यहाँ चुप लागेर बस्न सकिनँ। आफ्नो तर्फबाट सहयोग गर्न पाउनु मातृभूमिप्रतिको गुण तिर्ने एउटा प्रयास हो,’ उनले भने ।

उनले विदेशमा रहेका नेपालीलाई पनि विपत्तिको समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरे ।

‘देशलाई समस्या परेको बेला हामी जहाँ भए पनि एकजुट हुनुपर्छ । विदेशमा रहेका नेपालीले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ,’ उनले भने ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्