इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी

News Portal Team अन्य
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी

काठमाडौं । इन्डोनेसियामा शनिबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार स्थानीय समयअनुसार बिहान ३ बजेर २८ मिनेटमा गएको भूकम्प ४९ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको थियो ।

भूकम्पको केन्द्रबिन्दु ८.५५७ डिग्री दक्षिण अक्षांश र १२१.१८१ डिग्री पूर्वी देशान्तरमा रहेको एनसीएसले जनाएको छ । शक्तिशाली भूकम्पपछि युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी)ले सुनामीको चेतावनीसमेत जारी गरेको छ ।

मुख्य भूकम्पपछि फ्लोरेस सागर क्षेत्रमा लगातार दुईवटा शक्तिशाली परकम्पसमेत गएको एनसीएसले जनाएको छ । बिहान ३ बजेर ४३ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्प ६३ किलोमिटर गहिराइमा रहेको थियो ।

त्यसको करिब १५ मिनेटपछि बिहान ३ बजेर ५८ मिनेटमा सोही क्षेत्रमा ६.० म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । यसको केन्द्र ४२ किलोमिटर गहिराइमा रहेको एनसीएसले जनाएको छ ।

फ्लोरेस सागर इन्डोनेसियाका फ्लोरेस र सुलावेसी द्वीपबीचको क्षेत्रमा पर्छ । लगातार शक्तिशाली भूकम्प गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले अवस्थाको निगरानी बढाएका छन् । इन्डोनेसिया विश्वका सक्रिय भूकम्पीय तथा ज्वालामुखीय क्षेत्रमध्ये एक हो । यहाँ प्रशान्त महासागर वरपर फैलिएको सक्रिय भूकम्पीय क्षेत्रका कारण बारम्बार भूकम्प जाने गर्छ । एएनआई


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्