इङ्गल्यान्डको हारपछि के भन्छन पूर्वकप्तान डेभिड बेकह्याम ?

News Portal Team खेलकुद
इङ्गल्यान्डको हारपछि के भन्छन पूर्वकप्तान डेभिड बेकह्याम ?

इङ्गल्यान्डको हारपछि के भन्छन पूर्वकप्तान डेभिड बेकह्याम ?

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ गोलअन्तरले पराजित भएपछि इङ्गल्यान्डका पूर्वकप्तान डेभिड बेकह्यामले निराशा व्यक्त गर्दै टोलीको प्रदर्शनप्रति गर्व व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै बेकह्यामले हारले आफूहरू सबैलाई पीडा दिएको उल्लेख गर्दै टोली, समर्थक र देशले विश्वकपभर दिएको साथ र सिर्जना गरेका अविस्मरणीय क्षणका लागि धन्यवाद दिएका छन् ।

उनले लेखेका छन,‘यो हारले हामी सबैको मन दुखाएको छ । तर यो विश्वकपले प्रेरणा दिने र सधैं सम्झनामा रहने धेरै सुन्दर सम्झनाहरू दिएको छ । हाम्रो टोली, समर्थक र देशलाई धन्यवाद ।’

एटलान्टामा सम्पन्न सेमिफाइनलमा इङ्गल्यान्डले खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएको थियो । मोर्गन रोजर्सको पासमा गोर्डनले गोल गर्दै टोलीलाई अघि बढाएका थिए ।

तर त्यसपछि रक्षात्मक बनेको इङ्गल्यान्डमाथि अर्जेन्टिनाले लगातार दबाब सिर्जना ग¥यो । खेलको ८५औँ मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा एन्जो फर्नान्डेजले बराबरी गोल फर्काए ।

इन्जुरी समयमा मेस्सीले दिएको उत्कृष्ट क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए । यो जितसँगै साविक विजेता अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इङ्गल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ । एएनआई


 


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्