जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा महिलाको मृत्यु

News Portal Team सामाजिक
जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा महिलाको मृत्यु

जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा महिलाको मृत्यु

जाजरकोट। जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको भेरी नगरपालिका – २, राङ्सी निवासी ६० वर्षीया जयशिला शाहको पहिरोमा परी मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति परेको निरन्तर वर्षापछि आएको पहिरोले २०८० साल कार्तिक १७ गतेको भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरा पुरेको थियो। टहराभित्र रहेकी शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा परेकी शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र सात वर्षीया नातिनी टिका थापालाई भने स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा सकुशल उद्धार गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्