‘झलनाथ खनाल ‘नेकपाबाट अलग’ भन्ने समाचारमा सत्यता छैन’

News Portal Team राजनीति
‘झलनाथ खनाल ‘नेकपाबाट अलग’ भन्ने समाचारमा सत्यता छैन’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सम्मानीत नेता झलनाथ खनालले पार्टी परित्याग गरेको भन्ने समाचारप्रति सत्यता नभएको बताएका छन् । 

नेता खनाललाई उद्धृत गर्दै स्वकीय सचिव कृष्ण भट्टराईले दिएको जानकारी अनुसार पार्टी परितयाग गरी समाजवादी जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको भन्ने किसिमका समाचारमा सत्यता छैन् । 

‘सोमबारको कार्यक्रम नेपाल न्यूज बैंकलगायतका संचारमाध्यमहरुले प्रत्यक्ष प्रशारण पनि गरेका थिए । उहाँले मन्तब्य राख्नेक्रममा कहींपनि पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छैन् । समाचार तयार गर्दा प्राविधिक त्रुटि भएजस्तोलाग्यो,’ भट्टराईले भने,‘भिडियो लाइभमा सबै स्पष्ट छ ।’

यसअघि खनालले पार्टी परित्याग गरेको भन्दै प्रसारित समाचारमा प्राविधिक तथा लेखन त्रुटि भएको थियो । 

भिडियो सामग्रीमा तथ्य सही रूपमा प्रस्तुत भए पनि समाचारको लेखनमा ‘पार्टीबाट अलग’ भन्ने उल्लेख हुन गएकोमा क्षमाप्रार्थी सहित समाचार सच्याइएको छ ।

खनालले बृहत् वाम एकता र कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यले ‘समाजवादी जागरण अभियान’को औपचारिक सुरुवात गरेका हुन् ।

अभियान घोषणा गरे पनि आफूले पार्टी भने नछोडेको खनालले बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा खनालका स्वकीय सचिव भट्टराईले पनि खनाल पार्टीमै रहेको र पार्टी परित्याग नगरेको स्पष्ट पारेका हुन् ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्