जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सड्क खण्ड पुन: खुल्यो

News Portal Team अन्य
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सड्क खण्ड पुन: खुल्यो

जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सड्क खण्ड पुन: खुल्यो

काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो ।

दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटना हुँदा अवरुद्ध भएको सडक–खण्ड सवारी साधन हटाइ दुवैतर्फी पुनः सञ्चालनमा आएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी १० बजेदेखि उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो । आज बिहानैदेखि रोक हटाई सडक सुचारु गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि सडक पुन अवरुद्ध भएको थियो ।

थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्