जनकपुरधाममा तुलसीदास जयन्तीमा महोत्सव हुने, नेपाल–भारतका साधुसन्त आउने

News Portal Team राजनीति
जनकपुरधाममा तुलसीदास जयन्तीमा महोत्सव हुने, नेपाल–भारतका साधुसन्त आउने

जनकपुर । सन्त शिरोमणि गोस्वामी तुलसीदास जयन्तीको अवसरमा जनकपुरधाममा विविध धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरु आयोजना हुन लागिएको छ ।

श्री रामानन्दीय श्री वैष्णव संघले मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै भदौ ३ गते बुधबार तुलसीदास जयन्ती महोत्सव मनाउन लागेको जानकारी दिएको छ ।

सन्त तुलसीदासले रामभक्तिको माध्यमबाट सनातन धर्म, संस्कार र आध्यात्मिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पु¥याएकाले उनको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

अध्यक्ष दासका अनुसार महोत्सवअन्तर्गत श्री रामचरितमानस नवाह पारायण पाठ, बधाई, कथा, कीर्तन तथा सत्सङ्गलगायतका कार्यक्रमहरु सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न विद्वान् तथा वक्ताहरूबाट धार्मिक तथा आध्यात्मिक प्रवचनसमेत हुने अध्यक्ष दासले बताए ।

भदौ ३ गते बिहान विशेष पूजा, श्री रामानन्दीय वैष्णव संघको पाठ, बधाई तथा प्रसाद वितरण कार्यक्रमका साथै दिउँसो शोभायात्रा गरिनेछ ।

अध्यक्ष दासका अनुसार सन्त तुलसी स्मारक सदन जनकपुरधाम–८ मा आयोजना हुने महोत्सवमा धार्मिक प्रवचन, रामचरितमानस पाठ, कीर्तन, सत्सङ्ग र शोभायात्रालगायतका कार्यक्रम मुख्य आकर्षणका रूपमा रहनेछन् ।

उनले सम्पूर्ण हिन्दू धर्मावलम्बिहरुलाई यस महोत्सवमा सहभागी हुन आग्रह गरेका छन् । महात्सवमा नेपालसहित भारतबाट पनि धर्म गुरु, साधुसन्तको आगमन हुने जनाइएको छ ।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्