जोखिममा रहेका बस्ती तत्काल स्थानान्तरण गर्न सरकारसँग सांसद काउँचाको माग

News Portal Team राजनीति
जोखिममा रहेका बस्ती तत्काल स्थानान्तरण गर्न सरकारसँग सांसद काउँचाको माग
जोखिममा रहेका बस्ती तत्काल स्थानान्तरण गर्न सरकारसँग सांसद काउँचाको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले निरन्तरको वर्षाका कारण बाढीपहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेकी छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बागलुङ, रोल्पा, जाजरकोटलगायत जिल्लामा बाढीपहिरोबाट जनधनको क्षति भएको बताइन्।

काउँचाले बाग्लुङको निसीखोला–२ धाराटोलमा गएको पहिरोबाट नौ घरमा आंशिक क्षति पुगेको र करिब ४० घर उच्च जोखिममा रहेको बताइन्। उनका अनुसार तारा घर्ती र दिपक परियारको घर बस्न नमिल्ने भएपछि त्रिपालमुनि बस्न बाध्य छन्।

उनले भनिन्, ‘यो केही सीमित जिल्ला, गाउँ वा घरपरिवारको मात्र समस्या होइन। लगातारको झरीले देशका सयौं बस्ती, सडक र मानवीय जीवन नै गम्भीर जोखिममा परेको छ।’

काउँचाले विपद् आउनुअघि नै सरकारको पूर्वतयारी प्रभावकारी हुनुपर्ने बताइन्। उनले भनिन्, ‘हामी हरेक वर्ष मनसुन सुरु हुनासाथ उस्तै नियति भोग्छौं तर हाम्रो पूर्वतयारी सधैं फितलो रहन्छ ।’

उनले जोखिममा रहेका बस्तीको तत्काल प्राविधिक मूल्यांकन गरी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरिन्।

थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्