कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा उम्मेदवारको मनोनयन दस्तुर सार्वजनिक

News Portal Team राजनीति
कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा उम्मेदवारको मनोनयन दस्तुर सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको हो ।

समितिले तोकेको विवरण अनुसार उम्मेदवारी मनोनयन दस्तुर सभापति पदका लागि ४० हजार, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि ३० हजार, सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ रहेको छ । 

यसैगरी, मनोनयन दस्तुर प्रभु बैंकमा रहेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको खाता नं. ११३००७२६४३६०००२९ मा जम्मा गरी प्राप्त भौचर अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।  

निरन्तर क्रियाशील सदस्य रहेको सिफारिस, निर्देशिकामा तोकिए बमोजिमको फोटोसहितको परिचयपत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचित प्रमाणपत्र मनोनयन पत्र साथ बुझाउनु पर्नेछ । वारेसमार्फत दर्ता गर्दा वारेसनामा र वारेसको नागरिकताको फोटोकपी अनिवार्य गरिएको छ । साथै, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको फोटोकपी पेश गर्नुपर्ने प्रावधान छ । 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्