कांग्रेस विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न जन्मिएको पार्टी हो : प्रकाशमान सिंह

News Portal Team अन्य
कांग्रेस विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न जन्मिएको पार्टी हो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न जन्मिएको पार्टी भएको बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीका नेता तथा कार्यकर्ताले लोकतन्त्रका लागि संघर्षका क्रममा दुःख, कष्ट सहनुका साथै आवश्यक परे ज्यानको बलिदानसमेत गर्न पछि नहटेको बताए ।

उनले भने, ‘विधिको शासन स्थापित गर्नलाई जन्मिएको पार्टी हो । लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्नको लागि जन्मिएको पार्टी हो । पार्टी नेता कार्यकर्ताले सङ्घर्षको दर्वियानमा दुख गरेर कस्ट सहने परेको खण्डमा ज्यान पनि कुर्बानी गर्नको लागि पछि नहट्ने पार्टीको रूपमा नेपाली कांग्रेस स्थापीत भएको हो ।’ 

उनले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनका लागि संघर्ष गर्दै आएको बताए । २००३ सालमा बीपी कोइराला र गणेशमान सिंहलगायत नेताहरूको पहलमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको र त्यसपछि नेपाली कांग्रेसको निर्माण भएको उनले उल्लेख गरे । 

नेता सिंहले पूर्वनेताहरूले स्थापित गरेको पार्टीको मूल्य, मान्यता र परम्परालाई निरन्तरता दिन नियमित रूपमा महाधिवेशन गर्दै आएको बताए । १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले १५औँ महाधिवेशन आयोजना गरेको उनले बताए । 

उनले कांग्रेसको महाधिवेशनलाई लिएर पार्टी विभाजन गर्न खोजिएको भन्ने खालको भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसलाई भ्रम फैलाउने प्रयास गरिएको उनले बताए । 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्