कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

News Portal Team राजनीति
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले आइतबार जारी सूचना अनुसार निर्वाचनसम्बन्धी प्रक्रिया असोज १९ गतेदेखि सुरु भई २२ गते मतदान हुनेछ ।  

मतदाता नामावली सम्बन्धी प्रक्रिया १९ गते बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । सोही दिन बेलुका ५ देखि ६ः३० बजेसम्म दाबी विरोध, ६ः३० देखि ७ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।  

भोली मंगलबार उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध, ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ ।  

असोज २१ गते उम्मेदवारको नाम फिर्ता लिने वा सच्याउने निवेदन बिहान ९ बजेसम्म दिन सकिनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन दिनभर उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ ।  

असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।  


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्