कांग्रेसमा पक्ष–विपक्ष छैन, गगन थापा नै निर्विरोध सभापति : डिला संग्रौला

News Portal Team राजनीति
कांग्रेसमा पक्ष–विपक्ष छैन, गगन थापा नै निर्विरोध सभापति : डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री एवं १५औँ महाधिवेशनअन्तर्गत अतिथि स्वागत समितिकी संयोजक डा. डिला संग्रौलाले पार्टीमा कुनै पक्ष–विपक्ष नरहेको र गगन थापा निर्विरोध सभापति रहेको बताएकी छन् । 

महाधिवेशन उद्घाटनअघि सञ्चारकर्मीसँग कुरा गर्दै संग्रौलाले नेपाली कांग्रेसको नेतृत्व गगन थापाले गर्ने कुरा स्पष्ट रहेको बताइन् । 

उनले भनिन्, ‘नेपाली कांग्रेसमा यो पक्ष–विपक्ष छैन, कांग्रेस भनेको गगन थापाको नेतृत्वको कांग्रेस हो । नेपाली कांग्रेसको विधान–संविधानले अर्को कांग्रेस चिन्दैन । निवर्तमान सभापति शेरबहादुर देउवालाई हामीले पत्राचार गरेर हार्दिक आमन्त्रण गरेका छौँ। उहाँलाई बोलाउनु हाम्रो दायित्व र जिम्मेवारी हो । अर्को कांग्रेस नै छैन, कांग्रेस यही हो, गगन थापा निर्विरोध हुनुहुन्छ । 

संग्रौलाले १५औँ महाधिवेशनलाई रूपान्तरण, परिवर्तन र नयाँ यात्राको सुरुवातका रूपमा आफूले हेरेको बताइन् । उनले ७७ वटै जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेको र महाधिवेशनमा उत्साहपूर्ण सहभागिता देखिएको बताइन् । 

‘१५औँ महाधिवेशन रूपान्तरण, परिवर्तन र नयाँ यात्राको रूपमा मैले हेरेको छु । ७७ वटै जिल्लाबाट साथीहरू काठमाडौं आइसक्नुभएको छ । सबैले यो इन्ट्रीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा हेर्दा चाडपर्व आएजस्तै उत्साह देखेको छु,’ उनले भनिन् । 

उनका अनुसार महाधिवेशनमा विदेशसहित करिब ७ हजार प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनको उद्घाटन पार्टी सभापति गगनकुमार थापाले गर्नेछिन् । 

संग्रौलाले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेताहरूलाई महाधिवेशनमा अतिथिका रूपमा आमन्त्रण गरिएको जानकारी दिइन् ।

‘आज हाम्रो अतिथि गेस्टको रूपमा सत्तापक्षका नेता अथवा रास्वपाका अध्यक्ष रवि लामिछाने शुभकामना दिन आउँदै हुनुहुन्छ । त्यस्तै नेकपा एमाले, नेकपा कम्युनिस्ट पार्टी र अन्य साना दलहरूबाट पनि आउने क्रम जारी छ । सोसलिस्ट इन्टरनेसनलबाट पनि हामीले आमन्त्रण गरेका छौँ,’ उनले भनिन् । 

महाधिवेशनमा सहभागी विदेशी पाहुना तथा अतिथिहरूलाई गेस्ट रुममा स्वागत गरी खुलामञ्चमा हुने उद्घाटन सत्रमा लगिने व्यवस्था गरिएको उनले बताइन् ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्