काठमाडौंका ५ स्थानबाट शनिबार ग्यास बिक्री गरिदै

News Portal Team अन्य
काठमाडौंका ५ स्थानबाट शनिबार ग्यास बिक्री गरिदै
काठमाडौंका ५ स्थानबाट शनिबार ग्यास बिक्री गरिदै

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौंका पाँच स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीमार्फत अहिले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री गर्न लागिएको निगमले जनाएको छ ।

चाहबिलको यातायात कार्यालयपरिसरबाट नेपाल र एचपी ब्रान्डको ग्यास बिक्री हुने व्यवस्था मिलाइएको छ । त्यस्तै, कीर्तिपुरको राधास्वामीपरिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्डको ग्यास बिक्री गरिनेछ । वसुन्धराको राधास्वामीपरिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, भानु र ओम तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालयपरिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटिसी, लोकप्रिय र सूर्य ग्यास वितरण हुने व्यवस्था मिलाएको निगमले जनाएको छ ।

निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित बिक्री वितरण गरिरहेको जनाएको छ । त्यसैले अति आवश्यक भएका उपभोक्तालाई मात्र तोकिएका बिक्री केन्द्रमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरिएको छ । ग्यास खरिद गर्न उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ ।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्