कैलालीमा भारी वर्षा, काटेको धानबालीमा क्षति

News Portal Team अन्य
कैलालीमा भारी वर्षा, काटेको धानबालीमा क्षति

धनगढी । कैलालीमा सोमबार राति भारी वर्षा हुँदा काटेर खेतमै राखिएको धानबालीमा क्षति पुगेको छ । पश्चिमी वायुको प्रभावका कारण कैलालीसहित बर्दियामा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण खेतमा काटेर राखिएको धान भिज्नुका साथै परालमा समेत क्षति पुगेको हो ।

पश्चिम तराईका किसानहरु यतिबेला धान काट्न व्यस्त छन् । मौसमको अवस्था बेवास्ता गरेर धान काट्दा क्षति हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरीले बताए ।

उनका अनुसार ज्ञान केन्द्रले वर्षा हुन सक्ने भन्दै किसानलाई सचेत गराउँदै आए पनि त्यसको बेवास्ता गर्दै धान काट्ने प्रवृत्ति देखिएको छ । काटिसकेको धान सुरक्षित स्थानमा नराख्दा क्षति हुने गरेको उनले बताए । ज्ञान केन्द्रका अनुसार सोमबारसम्म जिल्लामा करिब १५ प्रतिशत धान काटिसकिएको अनुमान गरिएको छ ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्