‘खुदा गवाह’देखि अमिताभको कोठासम्म : मुस्ताङको ओम्स होमको कथा

News Portal Team अन्य
‘खुदा गवाह’देखि अमिताभको कोठासम्म : मुस्ताङको ओम्स होमको कथा

‘खुदा गवाह’देखि अमिताभको कोठासम्म : मुस्ताङको ओम्स होमको कथा

सन् १९९१ बलिउडको बहुचर्चित चलचित्र ‘खुदा गवाह’को कथा अफगानिस्तानको पृष्ठभूमिमा आधारित थियो । चलचित्रको कथाअनुसार अफगानिस्तानमै छायाङ्कन गर्नुपर्ने भए पनि त्यति बेला त्यहाँको आन्तरिक द्वन्द्वका कारण सुटिङ सम्भव भएन। त्यसपछि निर्माण टोलीले वैकल्पिक लोकेसनको खोजी थाल्यो ।

लामो लोकेसन हन्टिङपछि निर्देशक मुकुल आनन्दको नजर नेपालको दुर्मुगम क्षेत्र मुस्ताङमा पुग्यो । मुस्ताङको मरुभूमिजस्तो भूगोल, नाङ्गा पहाड र अफगानिस्तानसँग मिल्दोजुल्दो प्राकृतिक दृश्यले चलचित्रका लागि उपयुक्त स्थान भेटियो । अन्ततः जोमसोम, स्याङ, ठिनी लगायतका क्षेत्रलाई छायाङ्कनका लागि रोजियो। उपलब्ध अभिलेखहरूले पनि सन् १९९१ अक्टोबरमा ‘खुदा गवाह’को छायाङ्कन मुस्ताङमा भएको पुष्टि गर्छन् ।

तर बलिउडका ठूला कलाकार अमिताभ बच्चन, श्रीदेवी र डेनी डेङजोङ्पा नागरजुङ, किरण कुमार सिरोकटर मुस्ताङ लैजाने भएपछि अर्का उनीहरूलाई बसाउने होटेल कहाँ ?

त्यति बेला जोमसोममा रहेको ओम्स होम मुख्य रोजाइमा प¥यो। होटेलका सञ्चालक विष्णुराज हिराचनले कलाकारहरूको आवश्यकता हेरेर होटेलमा आवश्यक सुविधा थपे । हिराचनका अनुसार अमिताभ बच्चन आउनुअघि होटेलका केही कोठाको सुविधा स्तरोन्नति गरी प्यानलाई हटाई कमोड बाथरुमसमेत तयार पारिएको थियो ।

त्यो समय मुस्ताङमा आजजस्तो आधुनिक होटेल सुविधा थिएन । अमिताभ बच्चनका लागि तयार पारिएको कोठा र त्यसमा रहेको संलग्न बाथरुम आफैंमा विशेष सुविधा बनेको थियो । यही कारण ओम्स होम पछि ‘खुदा गवाह’को सम्झनासँग अभिन्न रूपमा जोडिन पुग्यो ।

सुटिङका क्रममा अमिताभ बच्चनसहित चलचित्रका मुख्य कलाकारहरू ओम्स होममै बसे । हिराचनको अनुसार त्यस सुटिङमा ८५,८६को टिम रहेको थियो जुन जोमसोम एयरपोर्टेको ८ वटा होटेलमा बसेका थिए । सुटिङ स्थल जानलाई त्यस बेला७०,८० घोडा भारतिय फिल्म टिमले प्रयोग गरेका थिए जसको फाइदा घोडा पालकले लिएको थियो । होटेलमा रहेका अमिताभ बच्तचन र बिषणु हिराचनको तस्बिर आज पनि त्यहाँको इतिहासको एउटा महत्त्वपूर्ण पाटोका रूपमा सम्झिने गरिन्छ । 

‘खुदा गवाह’को छायाङ्कनपछि मुस्ताङको चर्चा भारतसम्म मात्र सीमित रहेन । चलचित्रमा देखिएका मुस्ताङका दृश्यले भारतीय दर्शकलाई यस भूगोलप्रति आकर्षित ग¥यो । पछिल्ला वर्षहरूमा पनि भारतीय पर्यटकहरू अमिताभ बच्चन बसेको कोठा हेर्न र त्यहीँ बस्न रुचाउने गरेको विवरण सार्वजनिक भएका छन् ।

ओम्स होमका सञ्चालक विष्णुराज हिराचनका लागि यो केवल एउटा चलचित्रको सुटिङ थिएन । त्यो घटना मुस्ताङको पर्यटन इतिहासकै एउटा महत्त्वपूर्ण मोड बन्यो । ‘खुदा गवाह’पछि मुस्ताङ चलचित्र छायाङ्कनको चर्चित गन्तव्यका रूपमा स्थापित हुँदै गयो र आज पनि यहाँ नेपाली तथा विदेशी चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्रीको छायाङ्कन हुने क्रम जारी छ । 

तीन दशकभन्दा बढी समयपछि पनि जोमसोमको ओम्स होममा ‘अमिताभ बच्चन बसेको कोठा’को कथा जीवित छ । एउटा चलचित्रको छायाङ्कनका लागि बनाइएको त्यो विशेष व्यवस्था आज मुस्ताङको पर्यटन र चलचित्र इतिहाससँग जोडिएको स्मृतिका रूपमा स्थापित भएको छ ।

हाल उक्त होटेल २०१३ देखि हिराचनले मनाङका पर्यटन व्यवसायी त्रिपल पी गुरुङलाई भाडामा दिएको छ, गुरुङले नै चलाइरहेको छ । हाल उक्त होटेलमा ३३ वटा सुविधा युक्त कोठा रहेको छ र हाल पनि भि आई पी पर्यटकहरूको मुख्य रोजाई होटेल ओेम्स होम पर्ने गर्छन् । 

यति मात्र होइन २०३३ सालमा राजा विरेनद्रका ३ वटै दाजुभाइ मुस्ताङ आउने बेला यही होटेलमा खाना खाएको थियो, १९९२मा डेनमार्कका राजकुमार पनि यही बसेको थियो । यस्ता थुप्रै मुस्ताङ आउने भि आई पी, राजदूत, कूटनीतिज्ञ, फिल स्टारहरूको रोजाई होटेल ओम्स होम थियो र हाल पनि रहनेछ र भविष्यमा पनि रहन्छ ।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्