कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

News Portal Team अन्य
कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका—५ बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका—७ घर भएका ३७ वर्षीय हरि बहादुर पन्त र ललितपुर गोदावरी नगरपालिका—३ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका—२ घर भएका ४७ वर्षीय अमृत मगर रहेका छन् ।  

पक्राउ मध्ये हरि बहादुरले कम्बोडिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ र अमृतले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ७० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरि बहादुरलाई बुढानिलकण्ठ नगरपालिका—७ बाट र अमृतलाई ललितपुर महानगरपालिका—५ बाट पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्