कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस, मन्त्रीपरिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर फर्किए

News Portal Team अन्य
कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस, मन्त्रीपरिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर फर्किए

कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस, मन्त्रीपरिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर फर्किए 

सुर्खेत । कर्णाली प्रदेश सरकार मन्त्री परिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर सरकारबाट बाहिरिएका छन् । बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषदको बैठक बोलाएका थिए । तर मन्त्रीहरु बैठकमा सहभागी नभएर सिँधै मुख्यमन्त्री कँडेललाई राजिनामा बुझाएर बाहिरिएको थिए । अकस्मात मन्त्रीहरुले राजिनामा किन गर्नु परेको भन्ने कारण बाहिरिएको छैन तर सरकार सञ्चालनमा देखिएको मतभेदकै कारण काँग्रेस सरकारबाट बाहिरिएको बताइएको छ । 

२०८१ साउनमा नेपाली काँग्रेस र एमालेको संयुक्त सरकारमा सहभागि नेपाली काँग्रेसका चार जना मन्त्रीले बुधबार सामाजिक राजिनामा दिएका हुन् । काँग्रेसबाट सरकारमा सहभागि मन्त्रीहरुको राजिनामासंगै कर्णालीमा नयाँ सत्ता समिकरण सुरु भएको छ । 

समाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाहले मुख्यमन्त्रीलाई राजिनामा बुझाएका हुन् ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्