‘कठघरा’का ‘रक्षक’ जीवनजंग बस्न्यात अब ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा

News Portal Team मनोरञ्जन
‘कठघरा’का ‘रक्षक’ जीवनजंग बस्न्यात अब ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा

‘कठघरा’का ‘रक्षक’ जीवनजंग बस्न्यात अब ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा

काठमाडौं । सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार जीवनजंग बस्न्यात अनुबन्धित भएका छन् । सिनेमाका निर्देशक बलिराम चौहान र बस्न्यातबीच कागजी सम्झौंता भएको छ ।

बस्न्यात यही सिनेमामार्फत् पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका हुन् । त्यसैले उनले ‘ल्याङ्ग ल्याङ्ग’ लाई आफ्नो करियरको महत्त्वपूर्ण मोडका रूपमा लिएका छन् ।

यसअघि उनले सिनेमा ‘रमिताको पिरती’ मा छोटो भूमिका निर्वाह गरेका थिए । छोटो उपस्थितिमै उनको अभिनयले दर्शकको ध्यान तान्न सफल भएको थियो भने उनले पात्रले पनि सकारात्मक राम्रो प्रतिक्रिया पाएको थियो । साथै, हिमालयन टेलिभिजनको चर्चित कार्यक्रम ‘कठघरा’ मा ‘रक्षक’को भूमिकामा समेत दखिएका थिए ।

सुनसरीको कालाबञ्जर निवासी बस्न्यात लामो समयदेखि रंगमञ्च, सर्ट सिनेमा, म्युजिक भिडियो र टेलिभिजनमार्फत अभिनयमा सक्रिय छन् । १२ वर्षको उमेरमै नाटक ‘कलालय इटहरी’ मार्फत उनले रंगमञ्च यात्रा सुरु गरेका थिए । त्यसयता बस्न्यातले हालसम्म दर्जनौँ नाटक, २०० भन्दा बढी सर्ट सिनेमा, दर्जनौँ म्युजिक भिडियो तथा टेलिभिजन विज्ञापनमा अभिनय गरिसकेका छन् । यसबाहेक फेसबुक, इन्स्टाग्राम र टिकटकमा अभिनयप्रधान भिडियोमार्फत पनि उनी दर्शकमाझ लोकप्रिय छन् ।

स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमामा भोलानाथ कटवालको लगानीमा बन्नेछ । यसअघि सिनेमामा रिहान गिरी र सन्तोष बानियाँ अनुबन्धित भइसकेका छन् । सिनेमामा मुख्य अभिनेत्रीको खोजी भइरहेको निर्देशक चौहानले बताए । सिनेमाको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले तयार पारेका हुन् ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्