लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ

News Portal Team सामाजिक
लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ

लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ

काठमाडौं । लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् । 

दाङको घोराही उपमहानगरपालिका-१५ न्युरोडबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२० मिलिग्राम र नगद १६ हजार रूपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २८ को सुदिप चौधरी र सोही उपमहानगरपालिका-१३ बस्ने २० वर्षीया देवीका श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिका-१८ ढोडेनी बस्ने ४० वर्षीय महेन्द्र चौधरीसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले महेन्द्रको घर तलासी गर्दा लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७७० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५ लाख ६८ हजार १७० रूपैयाँ फेला पारी महेन्द्रलाई समेत पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्