लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित

News Portal Team अन्य
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित

सुर्खेत । लगातारको वर्षाका कारण रुख ढल्दा सुर्खेतको वीरेन्द्रनगर–सुब्बाकुना–रामघाट ३३ केभी विद्युत् लाइनमा क्षति पुगेपछि विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार वर्षाका कारण ढलेको रुखले ३३ केभी लाइनमा क्षति पुर्याएपछि रामघाट सबस्टेसन, राकम सबस्टेसन तथा जाजरकोटतर्फ जाने विद्युत् लाइनसमेत बन्द भएको हो ।

विद्युत् लाइन अवरुद्ध भएपछि रामघाट, राकम तथा जाजरकोटतर्फका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ । लगातारको वर्षाका कारण अवरुद्ध लाइन मर्मत तथा पुनः सञ्चालनमा समेत समस्या भइरहेको जनाइएको छ ।

क्षतिग्रस्त स्थानमा प्राविधिक टोली परिचालन गरी रुख हटाउने तथा लाइन मर्मतको काम भइरहेको प्राधिकरण सुर्खेतले जनाएको छ । मर्मत कार्य सम्पन्न भएपछि विद्युत् सेवा क्रमशः सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ ।


 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्