माछामार्ने पुरानो गाउँ बन्यो पर्यटकीय आकर्षणको केन्द्र

News Portal Team विश्व
माछामार्ने पुरानो गाउँ बन्यो पर्यटकीय आकर्षणको केन्द्र

काठमाडौं । दक्षिण चीनको फोसानस्थित शताब्दीयौं पुरानो एक माछा मार्ने गाउँ अहिले कोइ माछाका कारण प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

कुनै समय सामान्य माछा मार्ने गाउँका रूपमा चिनिने उक्त क्षेत्र अहिले कोइ माछाका भित्तेचित्र, मूर्ति तथा आकर्षक पोखरीका कारण पर्यटकको रोजाइमा पर्न थालेको छ । गाउँमा कोइ माछासँग सम्बन्धित विभिन्न स्मरणीय सामग्री तथा पर्यटकीय गतिविधिसमेत सञ्चालनमा छन् ।

पर्यटकले कोइ माछासँग तस्बिर खिच्नुका साथै विभिन्न प्रजातिका कोइ माछा हेर्न र समात्न सक्ने व्यवस्था गरिएको छ । साथै स्थानीय परम्परागत तथा अमूर्त सांस्कृतिक सम्पदासँग जोडिएका परिकारको स्वाद लिन सक्ने अवसरसमेत पर्यटकले पाउने गरेका छन् ।

गाउँले कोइ माछासँग जोडिएको आफ्नो पहिचानलाई थप विस्तार गर्दै सांस्कृतिक पर्यटनसँगै व्यावसायिक उत्पादनमा समेत प्रयोग गर्न थालेको छ । गाउँको सांस्कृतिक पर्यटन विभागले हालै कोइ माछामा आधारित डिजिटल चित्रहरू तयार गरेको छ । ती डिजिटल सामग्री खेलौना तथा कपडा उत्पादन गर्ने कम्पनीहरूले खरिद गर्न थालेका छन् ।

फोसान सुहे कल्चरल टुरिजम डेभलपमेन्ट कम्पनीका सञ्चालन व्यवस्थापक लिउ जियाक्वानका अनुसार ‘सुकुन कोइ’ सिरिजअन्तर्गत कोइ माछामा आधारित आठवटा डिजिटल उत्पादन तयार गरिएको छ । ती उत्पादन अनलाइन बिक्रीमा राखिएपछि विभिन्न कम्पनीले लाइसेन्स लिएर उत्पादन तथा व्यावसायिक प्रयोग गर्न चासो देखाएका छन् ।

कोइ माछालाई शुभभाग्य र समृद्धिको प्रतीकका रूपमा लिइन्छ । पछिल्ला केही वर्षमा कोइ माछासँग जोडिएको पर्यटकीय गतिविधिले गाउँको आर्थिक गतिविधिलाई समेत उल्लेख्य रूपमा बढाएको छ । कोइ माछा केन्द्रित पर्यटनका कारण गाउँमा पर्यटकको आगमन बढेसँगै सामूहिक गाउँ आम्दानी लाखौं अमेरिकी डलरबराबर पुगेको जनाइएको छ । यसले स्थानीय संस्कृति संरक्षणसँगै गाउँको आयआर्जनमा समेत नयाँ अवसर सिर्जना गरेको छ । सीसीटीभी


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्