महँगो भए पनि कटहर किन्न ग्राहकको घुइँचो

News Portal Team अन्य
महँगो भए पनि कटहर किन्न ग्राहकको घुइँचो

महँगो भए पनि कटहर किन्न ग्राहकको घुइँचो

काठमाडौं । बजारमा अहिले कटहरको माग बढेको छ । 

प्रतिकिलो करिब ३ सय रुपैयाँमा बिक्री भइरहेको कटहर महँगो भए पनि ग्राहकको आकर्षण भने घटेको छैन ।

काठमाडौंको शंखमूल पुलछेउमा बिक्रीका लागि राखिएका कटहर किन्न बिहानैदेखि ग्राहकको घुइँचो लाग्ने गरेको छ । 

कटारी र गाईघाटलगायतका ठाउँबाट ल्याइएका कटहर बिक्रीका लागि राखेको केही समयमै सकिने गरेका छन् । 

कटहरलाई पकाएर तरकारीका रूपमा खानेदेखि काँचै पनि खाने गरिन्छ । विशेष गरी पछिल्लो समय कटहरको स्वाद र उपयोगिताका कारण यसको माग बढेको व्यापारीहरू बताउँछन् शंखमूलमा कटहर बिक्री गर्न ल्याएका एक वृद्ध व्यापारीले राखेको कटहरसमेत ग्राहकले केही समयमै खरिद गरेका थिए । 

मूल्य प्रतिकिलो ३ सय रुपैयाँ भए पनि ग्राहकहरू कटहर किन्न उत्साहित देखिन्थे । बजारमा कटहर किन्न लागेको ग्राहकको घुइँचो र केही समयमै बिक्री भएको दृश्यले यसको बढ्दो मागलाई देखाउँछ ।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्