महँगो भए पनि कटहर किन्न ग्राहकको घुइँचो

News Portal Team अन्य
महँगो भए पनि कटहर किन्न ग्राहकको घुइँचो

महँगो भए पनि कटहर किन्न ग्राहकको घुइँचो

काठमाडौं । बजारमा अहिले कटहरको माग बढेको छ । 

प्रतिकिलो करिब ३ सय रुपैयाँमा बिक्री भइरहेको कटहर महँगो भए पनि ग्राहकको आकर्षण भने घटेको छैन ।

काठमाडौंको शंखमूल पुलछेउमा बिक्रीका लागि राखिएका कटहर किन्न बिहानैदेखि ग्राहकको घुइँचो लाग्ने गरेको छ । 

कटारी र गाईघाटलगायतका ठाउँबाट ल्याइएका कटहर बिक्रीका लागि राखेको केही समयमै सकिने गरेका छन् । 

कटहरलाई पकाएर तरकारीका रूपमा खानेदेखि काँचै पनि खाने गरिन्छ । विशेष गरी पछिल्लो समय कटहरको स्वाद र उपयोगिताका कारण यसको माग बढेको व्यापारीहरू बताउँछन् शंखमूलमा कटहर बिक्री गर्न ल्याएका एक वृद्ध व्यापारीले राखेको कटहरसमेत ग्राहकले केही समयमै खरिद गरेका थिए । 

मूल्य प्रतिकिलो ३ सय रुपैयाँ भए पनि ग्राहकहरू कटहर किन्न उत्साहित देखिन्थे । बजारमा कटहर किन्न लागेको ग्राहकको घुइँचो र केही समयमै बिक्री भएको दृश्यले यसको बढ्दो मागलाई देखाउँछ ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्