मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु

News Portal Team राजनीति
मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु

मिटरब्याज पीडितहरुद्वारा जनकपुरदेखि काठमाडाैंसम्मको पैदल मार्च शुरु

जनकपुर । मिटरब्याज पीडितहरुले जनकपुरदेखि काठमान्डौसम्मको पैदल मार्च शुरु गरेका छन् ।

बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट देशभरका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडितहरुले काठमाडौंसम्मको पैदल मार्च शुरु गरेका हुन् । पैदल मार्च शुरु गर्नुअघि उनीहरुले फर्जि तमसुक जलाएका थिए । साथै उनीहरुले मशाल जलाएर मार्चको शुभारम्भ गरेका छन् ।

पैदल मार्च शुरु गर्नुअघि लघुवित्त्त्त तथा वित्तिय शोषन विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रि अध्यक्ष रमेश सेन्चुरीले यस पटकको संघर्ष अन्तिम हुने जानकारी दिए । 

उनले बालेन्द्र साहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्यजबाट पीडित भएकाहरुको समस्या समाधान गर्ने उद्घोष गरेतापनि १०० दिन बितिसक्दा पनि आफूहरुलाई बेवास्ता गरेको भन्दै गुनासो पोखे । 

अध्यक्ष सेन्चुरीले सरकारसँग चार पटक सहमति भए पनि कुनै सहमति प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले अन्तिम प्रयास स्वरुप पुनः पैदल मार्च गर्नुपरेको बताए । 

उनले काठमाडाैं पुगेर सरकारविरुद्ध आन्दोलन गर्नुअघि सरकारले आफूहरुको माग सम्बोधन गर्नेमा आशावादी रहेको पनि बताए । उनले मिटरब्याज पीडित देशभरि छरिएर रहेकोले सबैलाई काठमान्डौ सम्मको पैदल यात्रामा सहभागी हुन आग्रह गरे ।

photo-26_e3c43da9.jpg
photo-27_f335d886.jpg

थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्