नेपालमा हाइड्रोजन सवारी सञ्चालनका लागि सरकारद्वारा सुझाव आह्वान

News Portal Team अन्य
नेपालमा हाइड्रोजन सवारी सञ्चालनका लागि सरकारद्वारा सुझाव आह्वान

नेपालमा हाइड्रोजन सवारी सञ्चालनका लागि सरकारद्वारा सुझाव आह्वान

काठमाडौँ । नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ ।

यससम्बन्धी आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले मन्त्रालयले विज्ञ, विशेषज्ञ तथा सरोकारवालाहरूबाट लिखित सुझाव माग गरेको हो । मन्त्रालयले जारी गरेको सूचना अनुसार, हाइड्रोजन प्रविधिको प्रयोगका लागि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड, निर्देशिका र आवश्यक जनशक्ति विकाससम्बन्धी विषयमा सुझावहरू संकलन गर्न लागिएको हो ।

यस प्रक्रियामा विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले मुख्यतया ६ वटा क्षेत्रमा केन्द्रित रहेर सुझाव माग गरेको छ । जसमा हाइड्रोजन सवारीसम्बन्धी अन्तर्राष्ट्रिय अनुभव, नीतिगत व्यवस्था, र उत्पादन देखि इन्धन भर्ने पूर्वाधार सम्मका सुरक्षा मापदण्डहरू रहेका छन् । विशेषगरी हाल सञ्चालनमा रहेका इन्टरनल आइसीइ इन्जिन युक्त सवारी साधनलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना, त्यसको लागत र प्राविधिक पक्षका बारेमा समेत सुझाव मागिएको छ ।

इच्छुक सरोकारवालाहरूले आगामी २०८१ साल साउन २० गतेसम्म मन्त्रालयको आधिकारिक इमेल मार्फत आफ्ना सुझावहरू पेस गर्न सक्नेछन् । सुझाव पेस गर्दा सम्बन्धित संस्था वा निकायको संक्षिप्त परिचय, कार्यक्षेत्र र अनुभव समेत अनिवार्य रूपमा खुलाउनुपर्ने सूचनामा उल्लेख छ ।

मन्त्रालयका अनुसार प्राप्त सुझावहरूको आवश्यक अध्ययन र विश्लेषण गरिनेछ । त्यसकै आधारमा नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनसम्बन्धी ठोस नीति, कानुनी व्यवस्था र कार्यविधि तर्जुमा गरिने सरकारको योजना रहेको छ । यस कदमले नेपालको यातायात क्षेत्रलाई वातावरणमैत्री र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्