प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

News Portal Team अन्य
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

काठमाडौं । मोन्भिसो नेपाल फाउन्डेसनले भोटेकोसी नदीको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । 

भदौ १० गते आएको भोटेकोशी नदीको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा शेर्पा र कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । 

चेक हस्तान्तरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीसमेत सहभागी थिए । फाउन्डेसनले आर्थिक सहयोगमा मात्र सीमित नरही बाढी प्रभावितका लागि थप ५० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्ने तयारीसमेत गरेको छ ।

त्यस्तै, भोटेकोसी बाढीमा आफ्ना परिवारका सदस्य गुमाएका सोलुखुम्बुका पीडित परिवारलाई थप १० लाख रुपैयाँ सहयोग गर्ने फाउन्डेसनले जनाएको छ ।


 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्