प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै छन् । केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच महिला उद्यमशीलताको प्रवद्र्धन, उद्योग व्यवसायमा महिलाको सहभागिता विस्तार तथा आवश्यक नीतिगत सुधारका विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।
छलफलमा महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन् ।
बैठकमा महिला उद्यमीहरूले भोगिरहेका चुनौती, लगानी तथा वित्तीय पहुँच, उद्यममैत्री वातावरण निर्माण र महिला नेतृत्वको व्यवसाय प्रवद्र्धनका लागि आवश्यक नीतिगत पहलका विषयमा पनि सुझाव आदानप्रदान हुने अपेक्षा गरिएको बताइएको छ ।
काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...
झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...