परिवर्तनसँग आफूलाई अनुकूल बनाउन सक्ने पुस्ता नै टिक्छ : मन्त्री श्रेष्ठ

News Portal Team राजनीति
परिवर्तनसँग आफूलाई अनुकूल बनाउन सक्ने पुस्ता नै टिक्छ : मन्त्री श्रेष्ठ

परिवर्तनसँग आफूलाई अनुकूल बनाउन सक्ने पुस्ता नै टिक्छ ः मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बदलिँदो समय र प्रविधिसँगै आफूलाई अनुकूल बनाउन सक्ने पुस्ता नै सफल हुने बताएका छन् । 

बिहीबार महर्षि स्कुल÷कलेजको नवौँ ब्याचका लागि आयोजित स्वागत, उत्प्रेरणा तथा सांस्कृतिक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एआई तथा सूचना प्रविधिको विकाससँगै विश्व तीव्र गतिमा परिवर्तन भइरहेको भन्दै विद्यार्थीलाई त्यसको सदुपयोग गर्न आग्रह गरेका हुन्।

उनले भने, ‘बदलिँदो समय र प्रविधिसँगै आफूलाई अनुकूल बनाउन सक्ने पुस्ता नै सफल हुन्छ । वल्र्ड इज चेन्जिङ । तपाईँहरूले आफूलाई समयअनुकूल बनाउनुपर्छ । एआईलगायत सूचना प्रविधिको क्रान्तिले विश्वलाई अर्कैतिर लैजान थालिसकेको छ ।’

डार्विनको ‘सर्भाइभल अफ द फिटेस्ट’को उदाहरण दिँदै श्रेष्ठले अहिलेको समयमा परिवर्तनसँग आफूलाई आत्मसात् गर्न सक्ने व्यक्ति अघि बढ्ने बताए।

मन्त्री श्रेष्ठले विद्यार्थी जीवन निकै छोटो हुने भएकाले यस अवधिमा राम्रो सम्बन्ध निर्माण गर्नुपर्नेमा पनि जोड दिए । विद्यालयले विभिन्न ब्याचबीच सम्बन्ध र सहकार्यको वातावरण बनाएको भन्दै उनले विद्यालय व्यवस्थापन र शिक्षकलाई धन्यवाद दिए।

उनले भने,‘प्लस टु भनेको एकदम छोटो समय हो । त्यसपछि आफ्नो उच्च शिक्षा, भविष्य र करियरका लागि अगाडि बढ्नुहुन्छ । यो अवधिमा एकअर्कासँग कस्तो खालको रिलेसन बनाउनुहुन्छ, त्यसले भावी दिन निर्माण गर्छ ।’

विद्यार्थीमा लुकेको प्रतिभालाई पहिचान गरी अघि बढ्न आग्रह गर्दै श्रेष्ठले यही पुस्ताबाट उत्कृष्ट कलाकार, गायक, कवि, फिल्म निर्देशक, कर्मचारी तथा नेता बन्न सक्ने बताए।

उनले भने,‘सायद यही स्टेज वा स्कूलको प्लेटफर्मबाट भविष्यमा संसारमा सबैभन्दा प्रख्यात डान्सरहरू नै निस्किन्छन् कि, राम्रो सिंगर निस्किन्छ कि, राम्रो पोयट निस्किन्छ कि, राम्रो फिल्म डिरेक्टर निस्किन्छ कि, राम्रो नेता निस्किन्छ भन्ने कुरा तपाईँहरूमै भरपर्छ ।’

श्रेष्ठले विद्यार्थीको मानसिक स्वास्थ्यप्रति पनि सचेत हुन आग्रह गरे। १६ देखि २७ वर्ष उमेर समूहमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने क्रम बढिरहेको भन्दै उनले एकअर्कासँग संवाद गर्ने र सिर्जनात्मक गतिविधिमा सहभागी हुन सुझाव दिए।

आफू विद्यार्थी हुँदा पनि निकै चञ्चल रहेको स्मरण गर्दै मन्त्री श्रेष्ठले जिम्मेवारीले मानिसलाई अनुशासित बनाउने बताए।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्