प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइँदै

News Portal Team राजनीति
प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइँदै

प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

वि.सं. २०३९ साउन ६ गते ६८ वर्षको उमेरमा निधन भएका बीपी कोइरालालाई नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताका रूपमा स्मरण गरिन्छ ।

वि.सं. २०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । आफ्नो कार्यकालमा उनले बिर्ता उन्मूलन तथा ‘जमिन जोत्नेको’ भन्ने ऐतिहासिक भूमिसुधार कार्यक्रम अघि बढाएका थिए ।

प्रजातन्त्र, राष्ट्रियता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका पक्षधर बीपीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई नयाँ दिशा दिएका थिए । राजनीतिसँगै साहित्य क्षेत्रमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ ।

बीपीको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, उसका भ्रातृ तथा शुभेच्छुक संस्थालगायत विभिन्न संघसंस्थाले देशभर विचार गोष्ठी, श्रद्धाञ्जलि सभा, पुष्पाञ्जलि तथा स्मरण कार्यक्रम आयोजना गरेका छन् ।

यसवर्ष नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ । आज बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतका नेता–कार्यकर्ताहरु सहभागी भएका थिए । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ‘ग्रिन रन’ आयोजना गरेको हो । 


 


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्